माओवादीको प्रदेश–१ संसदीय दलकाे नेतामा इन्द्र आङ्बो सर्वसम्मत

विराटनगर, पुस १२ : नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन् ।
सोमबार बसेको माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठकले आङ्बोलाई दलको नेता चयन गरेको हो।
९३ सदस्यीय प्रदेशसभामा माअोवादी केन्द्रको जम्मा १३ सांसद छन् ।
यहाँ नेकपा एमाले ४० सिटसहित पहिलो दल बनेको छ । यस प्रदेशमा एमाले नेतृत्वको सरकार बन्ने सम्भावना बढी रहँदा आङ्बो मुख्यमन्त्री बन्ने सम्भावना कम रहन्छ।
प्रकाशित मिति: १६:५४ बजे, मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











