Kathmandu Press

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, पुस १२ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । 

पुस २२ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । 

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन । 

नेकपा माओवादी केन्द्रसहितका दलसँग गठबन्धन गरेर चुनाव लडे पनि सरकार गठनका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको साथ लिएर प्रधानमन्त्री बनेका छन् । 

कांग्रेसका कतिपय नेताहरुले पार्टी नेतृत्वको कमजोरीका कारण गठबन्धन टुटेको बताएका छन् । केन्द्रीय समितिमा यो विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
 

प्रकाशित मिति: १५:५६ बजे, मंगलबार, पुस १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्