Kathmandu Press

कार्यविधिविपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता गर्न गृहको निर्देशन 

गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएको छ । 
कार्यविधिविपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता गर्न गृहको निर्देशन 

काठमाडौं, पुस १२ : गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएको छ । 

मंगलबार गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै कार्यविधिविपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन मातहतका निकायलाई निर्देशन दिएका हुन् । 

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ ले  बहालवाला तथा पूर्व कर्मचारी÷सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था गरेको छ । ‘उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घन्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरीसकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्ति(50).jpg

प्रकाशित मिति: १४:५८ बजे, मंगलबार, पुस १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्