लुम्बिनीको अपराजित यात्रा कायमै, पोखरा ३ विकेटले पराजित

काठमाडौं, पुस १२ : काठमाडौंमा जारी नेपाल टि–२० लिगमा लुम्बिनी अल स्टारले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा लुम्बिनीले मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको लो स्कोरिङ म्याचमा पोखरा एभेन्जर्समाथि ३ विकेटको जित निकाल्यो ।
प्रतियोगितामा लुम्बिनीको यो लागतार तेस्रो जित हो । यसअघि उसले फार वेस्ट युनाइटेडले ६७ रन र विराटनगर सुपर किंग्सलाई ३ विकेटले हराएको थियो। यता, पोखराको भने यो लागतार तेस्रो हार हो। यसअघि दुई खेलमा पोखरा काठमाडौैं नाइट्ससँग २६ रन र जनकपुर रोयल्ससँग ५ विकेटले पराजित भएको थियो।
पहिला ब्याटिङ गर्दै पोखरा दिएको १३४ रनको लक्ष्य लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाउँदै भेट्टायो। उसका लािग कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाउँदा विस्फोटक इनिङ खेलेका साड्ली भान सल्कविकले ११ बलमा ४ छक्का प्रहार गर्दै ३१ रन बनाए।
यस्तै, ओपनर उन्मुक्त चन्दले २२, अनिल साहले १९ र गुल्सन झाले १० रन बनाए। पोखराका कुलश मल्ल र विपिन खत्रीले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको पोखराले निर्धातिर ओभरमा ९ विकेट गुमाउँदै १३३ रन मात्र बनायो । उसका कुशल मल्ल र उपुल थरंगाले उत्कृष्ट ब्याटिङ गरे पनि अन्यले दोहोरो अंकमा स्कोर बनाउन नसक्दा उसले ठूलो लक्ष्य दिन सकेन।
लामो समयपछि लयमा देखिका कशुलले विस्फोटक ब्याटिङ गरे । उनले ३१ बलमा समान ५ चौका र छक्का प्रहार गर्दै ६१ रन बनाए । यस्तै, थरंगाले ५१ बलमा ४२ रन बनाए।
पोखरालाई सस्तैमा रोक्ने क्रममा लुम्बिनीका सल्कविकले ३ तथा किशोर महतो र गुल्सन झाले समान २ विकेट लिए।
प्रतियोगिता अन्तर्गत आजै हुने अर्को खेलमा काठमाडौं नाइट्स र जनकपुर रोयल्स भिड्ने छन्। काठमाडौंले २ खेलमा १ जित निकालेको छ भने जनकपुरले दुवै खेल जितेको छ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

