Kathmandu Press

महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिसको तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 
महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल

काठमाडौं, पुस १२ : सरकारको प्रमुख कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । 

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिसको तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

माओवादी आन्दोलनमा निकट रहेर लामो समय काम गरेका पोखरेलले अहिलेसम्म महत्वपूर्ण अवसर पाएका थिएनन् । उनी सर्वोच्च अदालतको न्यायाधीशका दाबेदारसमेत थिए ।  

महान्यायाधिवक्ताको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुनेछ । राष्ट्रपतिबाट नियुक्त भएपछि प्रधानन्यायाधीशले शपथ गराएपछि महान्यायाधिवक्ताको कार्यकाल सुरु हुनेछ ।

प्रकाशित मिति: १२:५० बजे, मंगलबार, पुस १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्