बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस
प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले केसीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको जानकारी दिए ।
काठमाडौं, पुस १२ : प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको छ ।
बुटवलबाट कास्की सरुवा भएका डीएसपी केसी रमाना लिएर जान लाग्दा आइतबार सिआइबीको फन्दामा परेका थिए । सीआइबीको टोलीले उनको घरबाट ३५ तोला सुन र २५ लाख रुपैया फेला पारेपछि केसीलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले केसीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको जानकारी दिए । निलम्बनपछि केसीमाथि थप अनुसन्धान हुने प्रवक्ता राईले बताएका छन् ।
केसीले बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर २५ लाख रकम माग गरेको आरोप छ । व्यापारीले नगद दिएपनि केसीले सुन फिर्ता नगरेको बताइएको छ ।
प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











