Kathmandu Press

सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको उद्देश्य : उपप्रधानमन्त्री श्रेष्ठ 

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमितालाई कडाइका साथ रोक्नु पहिलो कर्तव्य भएको जनाउँदै उनले संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम भनसुन र घूस नखुवाई हुने दिन ल्याइने प्रतिबद्धता व्यक्त गरेका थिए। 
सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको उद्देश्य : उपप्रधानमन्त्री श्रेष्ठ 

काठमाडौं, पुस १२ : नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको मुख्य उद्देश्य रहेको बताएका छन्। 

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार पद बहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यसअघि भएका सबै सकारात्मक कामलाई आत्मसात् र त्यसलाई निरन्तरता दिँदै कार्यान्वयनका क्रममा देखिएका समस्यालाई समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमितालाई कडाइका साथ रोक्नु पहिलो कर्तव्य भएको जनाउँदै उनले संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम भनसुन र घूस नखुवाई हुने दिन ल्याइने प्रतिबद्धता व्यक्त गरेका थिए। 

जनताको जीवनमा परिवर्तन हुने गरी स्वास्थ्य शिक्षा, रोजगारी खाद्यान्न, आवास, खानेपानी सडक, बिजुली उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपालको सामाजिक आर्थिक संरचनाको गुणात्मक फड्को मन्त्रालयको निर्णायक भूमिका रहने भएकाले त्यस दिशामा स्पष्ट साथ अघि बढ्ने बताए। 

उनले सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन निर्देशन दिए। मन्त्रालयका काम गर्न भनसुन गर्ने तथा पैसा खुवाउनुपर्ने अवस्थाको अन्त्य गरिने उनले बताए।

प्रकाशित मिति: ०८:१८ बजे, मंगलबार, पुस १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्