पुस अन्तिम साता संसद् अधिवेशन बोलाउने मन्त्रिपरिषदको निर्णय
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुसको अन्तिम साता संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो।
काठमाडौं, पुस १२ : सरकारले संघीय संसदको बैठक पुस २९ गतेअघि नै बोलाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुसको अन्तिम साता संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ। मंसिर ४ गते भएको निर्वाचनपछि नयाँ ससदको बैठक बस्नेछ।
प्रकाशित मिति: ०७:४४ बजे, मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार