Kathmandu Press

जसपा पनि तत्काल सरकारमा नजाने

पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले जसपा सरकारमा सहभागी हुने या नहुने विषय तय गर्ने बताइएको छ ।
जसपा पनि तत्काल सरकारमा नजाने

काठमाडौं, पुस १२ : जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।  पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको हो। 

पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले जसपा सरकारमा सहभागी हुने या नहुने विषय तय गर्ने बताइएको छ । त्यसवेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ। 

सरकारलाई समर्थन गरेकामध्ये तीन दल तत्काल सरकारमा सामेल नहुने भएका हुन् । राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेका छन् । 

प्रकाशित मिति: ०७:२३ बजे, मंगलबार, पुस १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्