प्रधानमन्त्रीको पहिलो निर्णय– प्रधानमन्त्री कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने
पदभार ग्रहणलगत्तै प्रधानमन्त्री दहालले पहिलो निर्णयका रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णय गरे।
काठमाडौं, पुस ११ : प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पदभार ग्रहण गरेका छन्। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको पथ लिएका उनले साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगर पदभार सम्हाले ।
पदभार ग्रहणलगत्तै प्रधानमन्त्री दहालले पहिलो निर्णयका रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णय गरे। उनले सो निर्णयमा हस्ताक्षर गरे।
प्रधानमन्त्री कार्यालयमा सुधार आवश्यक देखेर प्राधनमन्त्रीले यो निर्णय लिएको कार्यालयका प्रवक्ता महादेव पन्तले जानकारी दिए।
मंसिरमा भएको आमनिर्वाचनमा नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेका दाहाल एमालेसँगको गठबन्धनमा सरकारमा गएका हुन् । एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ।
प्रकाशित मिति: २१:१४ बजे, सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











