प्रधानमन्त्री दाहालले गरे पदभार ग्रहण
तेस्रो पटक प्रधानमन्त्री बनेका दाहालले सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन्।
काठमाडौं, पुस ११ : नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेका छन्। उनले सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन्।
तेस्रो पटक प्रधानमन्त्री बनेका दाहालले आजै शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका थिए।
मंसिरमा भएको आमनिर्वाचनमा नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेका दाहाल एमालेसँगको गठबन्धनमा सरकारमा गएका हुन् । एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ।
प्रकाशित मिति: २०:२८ बजे, सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











