Kathmandu Press

अर्थमन्त्री पौडेलको पहिलो निर्णय : मन्त्रालय मातहतमा अनलाइन सिस्टम कार्यान्वयन गर्ने

कार्यभार सम्हालेलगत्तै मन्त्री पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णय गरेका छन् ।
अर्थमन्त्री पौडेलको पहिलो निर्णय : मन्त्रालय मातहतमा अनलाइन सिस्टम कार्यान्वयन गर्ने

काठमाडाैं, पुस ११ : नवगठित सरकारका अर्थमन्त्री विष्णु पौडेलले आफ्नो कार्यभार सम्हालेका छन्।

कार्यभार सम्हालेलगत्तै मन्त्री पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णय गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले नलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।

सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै उनले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई सबैको राय दुनियाँको अनुभवलाई लिए समस्या समाधानमा लाग्ने बताए ।

‘अर्थतन्त्रका चुनौतिको कारण खोजेर, समाधानमा प्रभावकारी सम्वाद गर्ने, पहिचान, सामाधान गर्नेछु,’ उनले भने, ‘चिन्तित भएको अर्थ जगतलाई आश्वस्थ बनाउन चाहन्छु, हामी समाधान गर्छौं ।’

उनले चालु खर्च घटाउने, स्रोत व्यवस्थापन गर्दै वित्तीय क्षेत्रका समस्या समाधान गर्न आवश्यक कदम चाल्ने बताए ।

पुष्कपमल दाहालले आजै ८ सदस्यीय मन्त्रीपरियषद् गठन गरेका थिए।

प्रकाशित मिति: १८:२८ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्