Kathmandu Press

गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय– निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने  

उनले सबेभन्दा शान्ति सुव्यवास्थाका लागि गृह प्रशासनले गर्नुपर्ने भूमिकामा सबैभन्दा बढी काम गर्ने बताए।
गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय– निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने  

काठमाडौं, पुस ११ : नवनियुक्त गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने उद्घोष गरेका छन् । 

सोमबार गृहमन्त्रीको सपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री लामिछानेले निर्मलाको न्यायका लागि अधिकतम पहल गर्ने नै आफ्नो पहिलो निर्णय भएको बताएका छन् । 

उनले सबेभन्दा शान्ति सुव्यवास्थाका लागि गृह प्रशासनले गर्नुपर्ने भूमिकामा सबैभन्दा बढी काम गर्ने बताए। ‘आम नागरिकले शान्ति सु–व्यवस्थाको महशुस कतिको गरिरहेका छन्, त्यसमा महत्पूर्ण निर्णय गनुपर्ने हुन्छ । त्यसलाई प्राथमिकतामा राखेर आम जनजिविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्छु । संगठनको मनोबल उच्च पार्नको निमित्त विधिको शासन कायम गर्ने कुराहरुमा बढी जोड दिन्छौं,’ मन्त्री लामिछानेले भने । 

पदभार ग्रहण कार्यक्रममा उनलाई आफूमाथि लागेको नागरिकता आरोपबारे सोधिएको प्रश्नमा उनले न्याय सम्पादनमा कुनै प्रभाव नपर्ने भन्दै आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा कुनै सम्झौता नगर्ने दावी गरे । 

प्रकाशित मिति: १७:५१ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्