Kathmandu Press

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्ने 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय अनुसार सोमबार साँझ साढे ६ बजे मन्त्रिपरिषद्को पहिलो बैठक बस्ने भएको छ।
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्ने 

काठमाडौं, पुस ११ : नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्ने भएको छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय अनुसार सोमबार साँझ साढे ६ बजे मन्त्रिपरिषद्को पहिलो बैठक बस्ने भएको हो । बैठक सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । 

प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नवगठित मन्त्रिपरिषद्मा तीन उपप्रधान र चार मन्त्री छन् । उपप्रधानमन्त्रीहरुमा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रवि लामिछाने छन् । त्यस्तै मन्त्रीहरुमा दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र अब्दुल खान छन् । 

नवनियुक्त प्रधानमन्त्री र सातै जना मन्त्रीहरुले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरिसकेका छन् । 
 

प्रकाशित मिति: १७:२४ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्