तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन, कसलाई कुन मन्त्रालय ?
प्रधानमन्त्री प्रचण्डले तीन उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।
काठमाडौं, पुस ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले तीन उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।
उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ मन्त्रालय, श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालय र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।
अन्य मन्त्रीहरुको भने मन्त्रालय तोकिएको छैन । मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ ।
नवनियुक्त प्रधानमन्त्री, उपप्रधानमन्त्री र चारै जना मन्त्रीहरुले सपथ ग्रहण गरिसकेका छन् ।
प्रकाशित मिति: १६:४८ बजे, सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











