Kathmandu Press

प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको सपथ 

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको सपथ लिएका छन् । 
प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको सपथ 

काठमाडौ, पुस ११ : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको सपथ लिएका छन् । 

सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहणका क्रममा प्रचण्डले ईश्वरको नाउँमा शब्दको स्थानमा देश र जनताको नाउँमा भन्ने शब्द प्रयोग गरेका छन् । 

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायतको उपस्थिति थियो । 
 

प्रकाशित मिति: १६:२५ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्