Kathmandu Press

प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री, कसलाई कुन मन्त्रालय ? 

रवि र नारायणकाजीको भने मन्त्रालय टुंगिएको छैन ।
प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री, कसलाई कुन मन्त्रालय ? 

काठमाडौं, पुस ११ : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री बन्ने भएका छन् ।

सोमबार दिउँसो बसेको सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठकबाट सरकारमा जाने तीन जना उपप्रधानमन्त्रीको टुंगो लगाएको हो । एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ  र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री सहित सरकारमा जान लागेका हुन् । 

एमाले उपाध्यक्ष पौडेल भने उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् । रवि र नारायणकाजीको भने मन्त्रालय टुंगिएको छैन । उनीहरु दुबैले उपप्रधानसहितको गृहमा दाबी गरेका छन् । बैठकमा रविलाई गृहमन्त्री छाडेर नारायणकाजीलाई परराष्ट्रमन्त्री बन्न प्रस्ताव गरिएको छ। यसबारे भने प्रधानमन्त्रीले निर्णय गर्ने रविले बताइसकेका छन्। 

एमालेबाट पौडेलसहित ४ जना मन्त्री बन्ने भएका छन् ।  पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई  आजै सरकारमा सहभागी हुनेछन् । 

त्यस्तै जनमत पार्टीबाट अब्दुल खान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् । यी सबै मन्त्रीसहित प्रधानमन्त्री प्रचण्डले अपराह्न ४ बजे राष्ट्रपतिबाट सपथ ग्रहण गर्नेछन् ।

प्रकाशित मिति: १५:४६ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्