Kathmandu Press

प्रदेश १ का सांसदले लिए पद तथा गोपनीयताको शपथ

आज (सोमबार) ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले प्रदेशसभाका ९२ सदस्यलाई शपथ गराएका हुन्। उक्त प्रदेशसभा ९३ सदस्यीय रहेको छ।
प्रदेश १ का सांसदले लिए पद तथा गोपनीयताको शपथ

विराटनगर, पुस ११ : प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आज (सोमबार) ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले प्रदेशसभाका ९२ सदस्यलाई शपथ गराएका हुन्। उक्त प्रदेशसभा ९३ सदस्यीय रहेको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएपछि मण्डल ज्येष्ठ सदस्य गनगाईंले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन्।

९२ मध्ये ६ जना प्रदेश सांसदले लिम्बू र थारू मातृभाषामा शपथ लिए। इन्द्रबहादुर आङ्बो, खिनुलङ्वा लिम्बू, कमलप्रसाद जबेगु, खगेनसिंह हांगाम र निर्मला लिम्बूले याक्थुङ( लिम्बू) भाषामा शपथ लिए भने सुनिता गच्छदार चौधरीले थारू भाषामा शपथ लिइन्।

प्रदेशसभा १ मा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६, नेकपा एकीकृत समाजवादी (नेकपा एस) का ४ र जनता समाजवादी पार्टी (जसपा) का १ जना प्रदेश सांसद छन्।

प्रकाशित मिति: १५:४९ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्