Kathmandu Press

प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाको बधाई

काठमाडाैंस्थित अमेरिकी दूतावास र राजदूत डिन आर थम्सनले प्रधानमन्त्री दाहाललाई बधाई दिएका हुन्।
प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाको बधाई

काठमाडाैं, पुस ११ : नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकाेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राज्य अमेरिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ।

काठमाडाैंस्थित अमेरिकी राजदूत डिन आर थम्सनले प्रधानमन्त्री दाहाललाई बधाई दिएका हुन्।

राजदूतले सामाजिक सञ्जाल ट्विटरमार्फत भनेका छन्, 'नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो साझेदारी अझ सुदृढ गर्न र लोकतन्त्र, मानवअधिकार तथा आर्थिक वृद्धिका लागि मिलेर काम गर्न अमेरिका आतुर छ।' 

321990219_876370380141924_7338691390328782473_n1672047815.jpg

प्रकाशित मिति: १५:१९ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्