Kathmandu Press

कर्णाली प्रदेशका ज्येष्ठ सदस्य शाहीद्वारा शपथ ग्रहण

शाहले प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिएका हुन्। शाह प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुन्। 
कर्णाली प्रदेशका ज्येष्ठ सदस्य शाहीद्वारा शपथ ग्रहण

सुर्खेत, पुस ११ : कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शाहले प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिएका हुन्। शाह प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुन्। 

उनी दैलेख २ को (२) बाट निर्वाचित भएका हुन्। शाहले शपथ लिइसकेपछि अरु सदस्यलाई शपथ गराउने कार्यक्रम आज नै रहेको छ।

प्रदेशसभा सचिवालयका अनुसार आजै अपराह्न ३ बजे शपथको तयारी भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १५:१० बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्