Kathmandu Press

जनमत पार्टीले पायाे उद्योग मन्त्रालय, अब्दुल खान जाने

प्रतिनिधिसभामा जनमत पार्टीका ६ सांसद छन्।
जनमत पार्टीले पायाे उद्योग मन्त्रालय, अब्दुल खान जाने

काठमाडौं, पुस ११ : संसद भवन बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाँडफाँट गरेको छ।

सत्ता गठबन्धन दलहरुलाई भागबन्डा गर्ने क्रममा जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ।

उक्त पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिने सहमति भएको अध्यक्ष सीके राउतले बताए।  ‘हामीले उद्योग मन्त्रालय पाएका छौं, हाम्रो पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खान जानुहुन्छ,’ उनले भने। 

सांसदका रुपमा धेरै काम गर्न सक्ने अवस्था नभएकाले आफ्नो दलले सरकारमा जाने निर्णय गरेको उनको भनाइ थियो। प्रतिनिधिसभामा जनमत पार्टीका ६ सांसद छन्। अध्यक्ष राउतले आफैंलाई सरकारमा जान भनिए पनि अहिले नजाने निर्णय गरेको बताए।

प्रकाशित मिति: १५:०१ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्