एमालेबाट चारजना मन्त्री बन्दै, विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री
संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकले एमालेलाई उपप्रधानसहित अर्थमन्त्री दिने सहमति गरेसँगै एमालेले उक्त मन्त्रालयमा विष्णु पौडेललाई पठाएको हो ।
काठमाडौं, पुस ११ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधान सहित अर्थमन्त्री बन्ने भएका छन्।
संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकले एमालेलाई उपप्रधानसहित अर्थमन्त्री दिने सहमति गरेसँगै एमालेले उक्त मन्त्रालयमा विष्णु पौडेललाई पठाएको हो ।
पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ ।
पौडेल ओली नेतृत्वको सरकारमा पनि अर्थमन्त्री बनेका थिए । यस्तै माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेपनि मन्त्रालयको टुंगो लागिसकेको छैन । श्रेष्ठले भने गृहमन्त्री दाबी गरेका छन् । यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उपप्रधानसहित गृहमन्त्री दाबी गरिरहेका छन् ।
बैठकले जनमत पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिने निर्णय गरेको छ । जनमतबाट अब्दुल खान मन्त्री बन्ने भएका छन् ।