Kathmandu Press

सरकारमा जान रास्वपाको ५ सर्त, उपप्रधानसहित गृहमन्त्रीमा रविको दाबी 

रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष आफूले उपप्रधानसहित गृहमन्त्रीको दाबी गरेको बताएका छन् ।
सरकारमा जान रास्वपाको ५ सर्त, उपप्रधानसहित गृहमन्त्रीमा रविको दाबी 

काठमाडौं, पुस १० : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुन आफूले पाँच सर्त राखेको बताएका छन् । 

सोमबार दिउँसो  सत्ता गठबन्धनको बेठकपछि पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा सभापति लामिछानेले आफूले नवनियुक्त प्रधानमन्त्रीसमक्ष चारपाँचवटा सर्त राखेको बताएका हुन् । 

उनका अनुसार रास्वपाले भ्रष्टाचारको मुद्दा हेर्न अधिकार सम्पन्न संयन्त्र बनाउने, शिक्षा र स्वास्थ्यमा साझा विधेयक ल्याउने, विदेशमा रहेका नेपालीहरुलाई भोटिङ राइट दिने, उद्दारका लागि संयन्त्र बनाउने, स्टार्टअपलाई विशेष कार्यक्रम बनाउनुपर्ने शर्त पनि राखेको छ ।

साथै रास्वपा सरकारमा जाँदा सभापति लामिछानेले उपप्रधानसहित गृहमन्त्रीमा दाबी गरेका छन् । तपाईँले उपप्रधानसहित गृह मन्त्रीमा दाबी गर्नुभएको हो ? भन्ने प्रत्रकारको प्रश्नमा रविले हो भन्ने जवाफ दिएका हुन् । उनले सोही अनुसारको प्रस्ताव प्रधानमन्त्री समक्ष राखेको पनि बताए । निर्णय भएको छैन, थप बैठक बस्न बाँकी छ, त्यसपछि निर्णय होला,’ लामिछानेले भने । 

प्रकाशित मिति: १४:५२ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्