सत्ता गठबन्धनको बैठक सकियो
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बैठकमा पार्टीको तर्फबाट सबैले आ–आफ्नो माग दाबी प्रस्तुत गरेको बताए ।
काठमाडौं, पुस ११ : सत्ता गठबन्धनको बैठक सकिएको छ ।
गठबन्धन दलभित्रको शक्ति बाँडफाँट र मन्त्रालयको टुंगो लगाउन बसेको बैठक केहीबेर अघि सकिएको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बैठकमा पार्टीको तर्फबाट सबैले आ–आफ्नो माग दाबी प्रस्तुत गरेको बताए । ‘हामीले हाम्रो माग प्रस्तुत ग¥यौं, अब प्रधानमन्त्री ज्यूले निर्णय गर्नुहुन्छ,’ लामिछानेले भने ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनले आजै सानो आकारको मन्त्रीमण्डल बनाउने र आफूसँगै ती मन्त्रीहरुलाई पनि सपथ खुवाउने तयारी गरेका छन् ।
माओवादीले पार्टीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । उनी उपप्रधानसहित गृहमन्त्री बन्ने चर्चा छ । त्यस्तै एमालोबाट उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा छ ।











