मेराे कार्यकालमा श्रम क्षेत्रलाई व्यवस्थित गर्ने कामको सुरुवात भएकाे छ : कुँवर
उनले श्रमको सम्मान गर्दै स्वदेशमा नै रोजगारी गर्न उत्प्रेरित गर्ने उद्देश्यकले श्रमको सम्मान राष्ट्रियको अभियान कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
काठमाडाैं, पुस ११ : निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले संघीय संरचना अनुरुप श्रम प्रशासनको प्रभावकारी कार्यान्वयन गर्ने गरी काम सुरु भएको दाबी गरेका छन्।
सोमबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा कुँवरले सबै श्रम कार्यालयबाट वैदेशिक रोजगारका लागि श्रम स्वीकृति प्रदान गर्ने देखि श्रम क्षेत्रलाई व्यवस्थित गर्ने कामको सुरुवात आफ्नो कार्यकालमा भएको दाबी गरे।
उनले श्रमको सम्मान गर्दै स्वदेशमा नै रोजगारी गर्न उत्प्रेरित गर्ने उद्देश्यकले श्रमको सम्मान राष्ट्रियको अभियान कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
उनले पूर्ण रूपमा देशभित्रै आन्तरिक रोजगारको सुनिश्चित नहुँदासम्म बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न सकिने अवस्था नभएको बताए।
रोजगारी सिर्जना गर्ने चुनौती अहिले पनि विद्यमान देखिएको भन्दै यसमा ध्यान केन्द्रित गर्नुपर्ने कुँवरले बताए।
उनले मन्त्रालयमा आउनु र जानु स्वाभाविक रहेको भन्दै जुनसुकै भूमिकामा रहेपनि मुलुकप्रति समर्पित भएर काम गर्ने धारणा राखे।











