Kathmandu Press

शान्तिसुरक्षा कायम राख्न सबैबाट सहयोग प्राप्त भयाे : खाण

सोमबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा खाणले निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय दायित्वदेखि शान्ति सुव्यवस्थालगायत विपद् जोखिम न्यूनीकरणका काममा आफूलाई पूर्ण रुपमा सहयोग भएको भन्दै आभार व्यक्त गरे।
शान्तिसुरक्षा कायम राख्न सबैबाट सहयोग प्राप्त भयाे : खाण

काठमाडाैं, पुस ११ : निवर्तमान गृहमन्त्री बालकृष्ण खाणले शान्तिसुरक्षा कायम गर्नेलगायत काममा आफूलाई सरोकारवाला निकायबाट पूर्ण रुपमा सहयोग प्राप्त भएको बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा खाणले निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय दायित्वदेखि शान्ति सुव्यवस्थालगायत विपद् जोखिम न्यूनीकरणका काममा आफूलाई पूर्ण रुपमा सहयोग भएको भन्दै आभार व्यक्त गरे।

अरु कार्यालय भन्दा गृहमन्त्रालय मातहतका कार्यालयको दायित्व असीमित रहेकाले सबैले जिम्मेवारीपूवर्क काम गरेको पाइएको उनले बताए।

उनले सरकार निर्माण गर्ने प्रक्रियामा गठबन्धन परिवर्तन भएको र यसलाई सहर्षपूवर्क लिनुपर्ने भन्दै आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई र शुभकामना दिएको धारणा राखे।

उनले सरकारलाई सहयोग गर्नु सबैको दायित्व भएको जिकिर गरे। खाणलाई मन्त्रालयका सचिव विनोद प्रकाश सिंहलगायतले बिदाइ गरेका थिए। 

प्रकाशित मिति: १४:२६ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्