Kathmandu Press

नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे छलफलका लागि रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठलगायत नेताहरुलाई आफू कैद रहेकाे डिल्लीबजार कारागारमै बोलाएकाे बुझिएकाे छ।
नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

काठमाडौं, पुस ११ : नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएको छ। तर प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल 'प्रचण्ड'लाई समर्थन भने रहने बताइएकाे छ।

नागरिक उन्मुक्तिले सरकारमा जान पार्टीका संस्थापक रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको स्राेतकाे भनाइ छ। प्रचण्डले रेशमको रिहाइका लागि पहल गर्ने आश्वासन दिएकाले प्रधानमन्त्री बनाउन समर्थन गरेको बताइएकाे छ।

सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे छलफलका लागि रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठलगायत नेताहरुलाई आफू कैद रहेकाे डिल्लीबजार कारागारमै बोलाएकाे बुझिएकाे छ।

त्यसकारण नयाँ सत्ता गठबन्धनको संघीय संसद भवन नयाँ बानेश्वरमा बसेकाे बैठक नागरिक उन्मुक्ति पार्टीका नेताहरु सहभागी नभएकाे बताइएकाे छ। प्रतिनिधिसभामा नागरिक उन्मुक्तिबाट ३ सांसद छन्।

प्रकाशित मिति: १४:०१ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्