Kathmandu Press

‘नेकपा एस पनि सरकारमा आउन सक्छ’

माओवादी केन्द्रको आज (सोमबार) बसेको पदाधिकारी बैठकमा उनले केही अडानका कारण अहिले नै समेट्न नसकिए पनि नेकपा एस बिस्तारै सरकारमा सहभागी हुने संकेत गरेका हुन्।
‘नेकपा एस पनि सरकारमा आउन सक्छ’

काठमाडौं, पुस ११ : माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादी (नेकपा एस) पनि सरकारमा आउन सक्ने संकेत गरेका छन्।

माओवादी केन्द्रको आज (सोमबार) बसेको पदाधिकारी बैठकमा उनले केही अडानका कारण अहिले नै समेट्न नसकिए पनि नेकपा एस बिस्तारै सरकारमा सहभागी हुने संकेत गरेका हुन्।

प्रचण्डको भनाइलाई उद्धृत गर्दै बैठकमा सहभागी माओवादी केन्द्रका एक पदाधिकारीाले भने, ‘उहाँहरु सकारात्मक नै हुनुहुन्छ। अहिलेको गठबन्धनबारे थप छलफल हुनै बाँकी छ।वातावरण बनेपछि उहाँहरु यो समीकरणमा जोडिनुहुन्छ।’

कांग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धन टुटेपछि बनेको नयाँ गठबन्धनका विषयमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका केही अडान राखिरहेको र त्यसबारे छलफल भइरहेको प्रचण्डको भनाइ थियो। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्पष्ट कुरा गर्न नसकेका कारण गठबन्धन तोड्नुपरेको प्रचण्डको भनाइ थियो। नेकपा एसका केही सांसदले सरकारमा सहभागी हुनुपर्नेमा अध्यक्ष नेपाललाई सुझाएको बताइएको छ।

पुरानो गठबन्धन छाडेर प्रचण्डसहितले अर्को गठबन्धन बनाएपछि आइतबार नेकपा एसले तत्काल सरकारमा सहभागी नहुने ‘पर्ख र हेर’को नीति अवलम्बन गर्ने नीति लिएको थियो। 

प्रकाशित मिति: १३:४२ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्