उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने एमालेकाे तयारी
सात दलीय गठबन्धनको सरकारमा एमालेका भागमा ६ वटा मन्त्रालय परेको जनाइएको छ। सबै मन्त्रीको नाम आजै अन्तिम रुप दिने बताइएको छ।
काठमाडौं, पुस ११ : उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमालेले सरकारमा जाने तयारी गरेको छ। एमालेले उनलाई उपप्रधानसहित अर्थमन्त्रीमा सिफारिस गर्ने तयारी गरिरहेको स्रोतको भनाइ छ।
अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको केही पदाधिकारीको बैठकले पार्टीका तर्फबाट सरकारको नेतृत्व पौडेललाई गराउने निर्णय लिएको बताइएको छ। ओली नेतृत्वको दुईवटै सरकारमा पौडेल अर्थमन्त्री बनेका थिए। उनी रुपन्देही २ बाट निर्वाचित भएका हुन्।
सात दलीय गठबन्धनको सरकारमा एमालेका भागमा ६ वटा मन्त्रालय परेको जनाइएको छ। सबै मन्त्रीको नाम आजै अन्तिम रुप दिने बताइएको छ।
प्रकाशित मिति: १३:१८ बजे, सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











