Kathmandu Press

सत्ता गठबन्धनको बैठक सुरु 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएसँगै मन्‍त्रालयको भागबन्डाका गर्ने बैठक बसेकाे हाे।  
सत्ता गठबन्धनको बैठक सुरु 

काठमाडौं, पुस ११ : एमाले–माअ‍ोवादी सम्मिलित सत्ता गठबन्धनको बैठक सुरु भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा केही बेरअघि बैठक सुरु भएको हो । 

बैठकमा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा अ‍ोली, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने लगायतका नेताहरु उपस्थित छन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएसँगै दलहरुले मन्‍त्रालयको भागबन्डा गर्ने तयारी गरेका हुन्। 

सोमबार अपरान्ह ४ बजे दाहालसहित केही मन्‍त्रीहरूले राष्ट्रपति निवासमा शपथ लिने कार्यक्रम रहेको छ ।

गठबन्धनमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी छन् । यस्तै स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह र प्रभु साहले पनि सरकारलाई समर्थन गरेका छन् ।
 

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्