Kathmandu Press

विश्वप्रकाशको टिप्पणी– हामी एम्बाप्पेजस्तो भयौं, धेरै गोल हान्यौं तर कप अर्कैले लग्यो

तपाईँ जितेर आएको कि हारेर आएको भन्ने प्रश्नकर्ताको प्रश्नमा महामन्त्री शर्माले आफूहरु जितेर पनि हारेर आएको बताए।
विश्वप्रकाशको टिप्पणी– हामी एम्बाप्पेजस्तो भयौं, धेरै गोल हान्यौं तर कप अर्कैले लग्यो

काठमाडौं, पुस ११ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको वर्तमान राजनीति र नेपाली कांग्रेसलाई विश्वकप फुटबलको फाइनल खेलसँग तुलना गरेका छन् । पोखरामा जारी लिटरेचर फेस्टिबलमा बोल्दै महामन्त्री शर्माले आफूहरु फुटबलर एम्बाप्पेजस्तो भएको बताएका छन् । 

तपाईँ जितेर आएको कि हारेर आएको भन्ने प्रश्नकर्ताको प्रश्नमा महामन्त्री शर्माले आफूहरु जितेर पनि हारेर आएको बताएका हुन् । ‘अस्ति वर्ल्डकप भएको थियो नि । सबभन्दा बढी गोल चाहिँ एम्बाप्पेले हान्यो । गएको मंसिर ४ को चुनावमा सबभन्दा बढी सिट कांग्रेसले जित्यो । भयो के भने एम्बाप्पेले सबभन्दा बढी गोल पनि हान्यो, गोल्डेन बल पनि जित्यो । तर कप चाहिँ अर्कैले लग्यो,’ उनले भने,  ‘त्यसकारण हामी चाहिँ एम्बाप्पे भएर आएका हौं ।’

उनले पाँच वर्षपछि कांग्रेस जितेर आउने बताए ।  ‘५ वर्षपछि हामी डिफेण्डिङ च्याम्पियन भन्छन् नि अहिलेको च्याम्पियनलाई हराएर हामी च्याम्पियन बन्छौं ।’

 

प्रकाशित मिति: १२:४३ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्