Kathmandu Press

सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने

संसदीय निर्वाचनमा पहिलोपटक भाग लिएर राष्ट्रिय दल बन्न सफल जनमतबाट प्रतिनिधिसभामा ६ सांसद छन्।
सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने

काठमाडौं, पुस ११ : सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने भएको छ। अध्यक्ष राउतले आफ्नो दल सरकारमा जाने जानकारी दिएका हुन्। 

नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा उनले भने,  हामी सरकारमा जान्छौं तर धेरै मन्त्रालय दाबी गर्ने अवस्था भने छैन।’

सरकारमा आफू स्वयं भने सरकारमा जाने कि नजाने भन्ने विषय टुंगो लाग्न बाँकी रहेको अध्यक्ष राउतको भनाइ थियो।

मधेस प्रदेशमा भने आफ्नो दल निर्णायक भएकाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने उनले बताए। संसदीय निर्वाचनमा पहिलोपटक भाग लिएर राष्ट्रिय दल बन्न सफल जनमतबाट प्रतिनिधिसभामा ६ सांसद छन्।

प्रकाशित मिति: १२:३३ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्