राप्रपा सरकारमा सहभागी नहुने, समर्थन मात्रै गर्ने
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु सरकारमा नजाने तर सरकारलाई भने समर्थन गर्ने बताएका हुन् ।
काठमाडौं, पुस ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा नजाने भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु सरकारमा नजाने तर सरकारलाई भने समर्थन गर्ने बताएका हुन् । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका लिङ्देनले पत्रकारहरुसँगको कुराकानीमा सरकारमा नजाने बताएका हुन्।
‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ,’ उनले भने ।
प्रकाशित मिति: १२:२० बजे, सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











