गोकर्णबारे प्रधानमन्त्रीले भने, ‘संरचना निर्माण गर्न समय अगाबै लिज थपिएको हो’
काठमाडौं, पुस १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले यती समुहले लिजमा लिएको गोकर्ण फरेष्ट रिसोर्टबारे सरकारले गरेको विवादास्पद निर्णयको बचाउ गरेका छन्।
काठमाडौं, पुस १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले यती समुहले लिजमा लिएको गोकर्ण फरेष्ट रिसोर्टबारे सरकारले गरेको विवादास्पद निर्णयको बचाउ गरेका छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकारहरूको संस्था प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै यती समुहले कानुन अनुसारनै लिजमा लिएको दावी गरेका हुन्। ‘‘केही दिन अघि गोकर्ण रिसोर्टको लिज अवधि थपियो। यसरी थपियो कि जसरी पहिले कहिल्यै थपिएको थिएन। पहिले हचुवाको भरमा मूल्य राख्ने अहिले स्वतन्त्र संघसंस्थाबाट मूल्यांकन गराएर यति हुँदो रहेछ लिज भनियो,’ प्रधानमन्त्री ओलीले भने, ‘केही संरचना बनाउन पनि समय लाग्ने भएकोले पहिले नै समय दिनु राम्रो हो।’
उनले अवधि बाँकी रहँदै कि त्यसलाई सरकारले नचलाउने भन्नुपर्यो नत्रर समय थप्नु पर्ने बताए । ‘जब कसैले लिजमा लिएको छ। उसले प्रगती गर्छु भन्छ। आकर्षक ढंगले सरकारलाई कर तिर्छु भन्छ भने उसले नपाउने भन्ने होइन’ प्रधानमन्त्रीले भने, ‘पहिले भएन भने उसले निर्माण गर्न सक्दैन। बैंकबाट ऋण लिनपुर्यो। निर्माण गर्नुपर्यो र सञ्चालन गर्नुपर्यो । २० वर्षका लागि लियो। १० वर्ष निर्माण गर्नै लाग्छ। त्यसैले समय हुँदा नै लिज अवधि थप्यो भने अनुचित होइन।’
रिसोर्टको दुई हजार सात सय ९३ रोपनी जग्गा सरकारले थप २५ वर्षलाई यति समूहलाई सञ्चालन गर्न दिएको हो। निकै न्युन भाडामा ट्रष्टको जग्गा दिएको भन्दै चौतर्फि विरोध भएको छ।




