Kathmandu Press

काठमाडौं सात रनले विजयी

धनगढी, फागुन १ : डिपिएलअन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौं गोल्डन्सले महेन्द्रनगर युनाइटेडलाई सात रनले पराजित गरेको छ ।

एकसय ३५ रनको लक्ष्....

काठमाडौं सात रनले विजयी
काठमाडौं गोल्डन्स

धनगढी, फागुन १ : डिपिएलअन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौं गोल्डन्सले महेन्द्रनगर युनाइटेडलाई सात रनले पराजित गरेको छ ।

एकसय ३५ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले आठ विकेट गुमाएर एकसय २७ रन मात्रै बनायो । उसका लागि अमर रौटेला २८, शरद भेष्वाकर २३, आरिफ सेख १८ र सुव्रमनियन आनन्दले १३ रन बनाए ।

काठमाडौंका लागि रसीद खानले तीन, अंकिन डाबसले दुई, नन्दन यादव, ललित राजबंशी र योगेन्द्रसिंह कार्कीले एक/एक विकेट लिए ।

यस अघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले पाँच विकेटको क्षतिमा एसय ३४ रन बनाएको थियो । उसका लागि अंकित डाबसले ६५, योगेन्द्रसिंह कार्कीले २२, ज्ञानेन्द्र मल्लले १४ र महबुब आलमले १३ रन बनाएका थिए ।

महेन्द्रनगरका लागि अमर रौटेलाले दुई, मोहम्मद नवीद, अविनास बोहरा र सौरभ ढकालले एक/एक विकेट लिए ।

आज दोस्रो खेल विराटनगर किग्स र धनगढी स्टार्सबीच हुने छ ।

प्रकाशित मिति: १३:०० बजे, बुधबार, फागुन १, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्