कांग्रेस सभापति देउवाले प्रचण्डलाई दिए बधाई

काठमाडौं, पुस ११ : निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दााल प्रचण्डलाई बधाई दिएका छन् ।
सोमबार बिहान माओवादी केन्द्रको पदाधिकारी बैठक चल्दै गर्दा बीचमा देउवाले फोन गरे प्रचण्डलाई बधाई दिएका हुन् । बैठकको निर्णय सुनाउने क्रममा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सभापति देउवा लगायत कांग्रेसका अन्य नेताहरुले पनि प्रचण्डलाई फोन गरेर बधाई दिएको जानकारी गराए ।
नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड नेकपा एमालेसहितका समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । उनले आज अपराह्न ४ बजे सपथ लिँदै छन् ।
प्रकाशित मिति: १२:१३ बजे, सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











