रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने
पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको बताइएको छ।
काठमाडौं, पुस ११ : यसपटकका निर्वाचनमा नयाँ दलका रूपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।
पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको बताइएको छ। कुनकुन मन्त्रालय लिने भन्ने विषयमा टुंगो लाग्न बाँकी रहेको रास्वपाका एक नेताले बताए। सभापति लामिछानेले उपप्रधानसहित कुनै कामकाजी मन्त्रालय लिन चाहिरहेको स्रोतको भनाइ छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ। रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठुलो दल हो। रास्वपाबाट प्रतिनिधिसभामा २० सांसद छन्।
प्रकाशित मिति: ११:५५ बजे, सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











