सरकारमा सहभागी हुन राप्रपाको ४ सर्त - हिन्दु राष्ट्र कायमदेखि धर्मनिरपेक्षता खारेजसम्म

काठमाडौं, पुस ११ : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन विभिन्न सर्त अघि सारेको छ । आइतबार प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको राप्रपाले सोमबार सरकारमा सहभागी हुन चार सर्त राखेको हो ।
राप्रपाले पृथ्वी नारायण शाहलाई राष्ट्रपिता घोषणा, राजसंस्थासहितको हिन्दु राष्ट्र कायम तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने सर्त राखेको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सरकारमा जाने नजाने विषयमा पार्टीले निर्णय नगरिसकेको बताए। उनले सरकारमा जाँदा सकारात्मक र नकारात्मक पक्षहरुको अध्ययन भइरहेको बताए।
प्रकाशित मिति: ११:३९ बजे, सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











