Kathmandu Press

कार्यकर्तालाई ढाडस दिँदै विश्वप्रकाशले भने– डन्ट ओरी 

कार्यकर्तालाई ढाडस दिँदै विश्वप्रकाशले भने– डन्ट ओरी 

काठमाडौं, पुस ११ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यकर्तालाई चिन्ता नलिन आग्रह गरेका छन् । सत्ताको नजिकै पुगेको कांग्रेस अचानक प्रतिपक्षी हुन पुगेपछि महामन्त्री शर्माले कार्यकर्ताहरुलाई ढाडस दिँदै चिन्ता नलिन अनुरोध गरेका हुन् । 

सोमबार सामाजिक सञ्जालमार्फत देशैभरका कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेको बताउँदै महामन्त्री शर्माले आफूले केबल ‘डन्ट ओरी’ भनि जवाफ दिएको बताएका हुन् । 

आइतबार कांग्रेस सभापति शेर बहादुर देउवासँग सहमति नजुटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दा कांग्रेसले मुखमै आएको सत्ताको बागडोर गुमाउन पुगेको छ । 

कांग्रेसले सत्ता गुमाएपछि कार्यकर्ताहरुबाट विभिन्न खालका असन्तुष्ट मिश्रित टिकाटिप्पणीहरु सुनिन थालिएको छ । 

प्रकाशित मिति: ११:०७ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्