Kathmandu Press

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले पहिलो चरणमा उपाध्यक्ष श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

काठमाडौं, पुस ११ : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री सहित सरकारमा सहभागी हुने भएका छन् । 

सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले पहिलो चरणमा उपाध्यक्ष श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको हो । उनले कुन मन्त्रालय पाउने टुंगो भने लागेको छैन। 

आजै ११ बजेपछि बस्ने सत्ता गठबन्धन (प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने दलहरु) को बैठकले मन्त्रालयको भागबन्डा गर्ने र सोही अनुसारको जिम्मेवारी नारायणकाजीले पाउने छन् । 

प्रचण्डले अपराह्न ४ बजे प्रधानमन्त्रीको सपथ लिँदै छन् । उनीसँगै केही मन्त्रीहरुलाई पनि सपथ गराउने तयारी छ । 

प्रकाशित मिति: १०:४४ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्