Kathmandu Press

प्रधानमन्त्रीको सपथ अघि नै बालुवाटार छाड्दै देउवा 

प्रधानमन्त्रीको सपथ अघि नै बालुवाटार छाड्दै देउवा 

काठमाडौं, पुस १० : निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवास आज छाड्ने भएका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएपछि देउवाले सरकारी निवास छाड्न लागेका हुन्।  उनी आजै बालुवाटार छाडेर बुढानीलकण्ठस्थित निजी निवास जाने भएका छन् । 

देउवाले आजै बालुवाटार छाड्ने भएपछि बुढानीलकण्ठस्थित उनको निवासमा सरसफाई र मर्मतको काम भइरहेको बताइएको छ । 

आइतबार प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज अपराह्न ४ बजे सपथ ग्रहण गर्दैछन् ।  देउवाले त्यसअघि नै बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारी गरेका छन् । 

 

प्रकाशित मिति: १०:२६ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्