माओवादी केन्द्रकाे पदाधिकारी बैठक जारी

काठमाडौं, पुस ११ : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको ४४ औं प्रधानमन्त्री नियुक्त भएपछि थप मन्त्रीहरुको टुंगो लगाउन सोमबार बिहान बैठक बसेको हो ।
बैठकमा सरकारमा पठाउने मन्त्रीहरुका बारेमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले आज अपराह्न चार बजे राष्ट्रपति बाट पद तथा गोपनीयताको सपथ लिँदै छन् । उनीसँगै केही मन्त्रीहरुले पनि सपथ लिने तयारी छ ।
प्रधानमन्त्रीको सपथ अघि संघीय संसद भवन नयाँ बानेश्वरमा सत्ता गठबन्धन (प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका दलहरु)को बैठक बोलाइएको छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा शक्ति बाँडफाँटको विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: १०:१३ बजे, सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











