Kathmandu Press

हिमाली भू–भागमा हल्का हिमपात हुने

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ । आज दिउँसो मधेस प्रदेशसहित अरू प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
हिमाली भू–भागमा हल्का हिमपात हुने

काठमाडौं, पुस ११ : गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागमा अहिले आंशिकदेखि सामान्य बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ । आज दिउँसो मधेस प्रदेशसहित अरू प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नम्बर–१ र गण्डकी प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति: ०७:२४ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्