Kathmandu Press

चितवन राइनोजले जित्यो पोखरा प्रिमियर लिगको उपाधि

पोखरा, पुस १२ : पोखरा प्रिमियर लिगको क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ। 

शनिबार पोखरा रंगशालामा भएको फाइनलमा विराटनगर टाइटन्....

चितवन राइनोजले जित्यो पोखरा प्रिमियर लिगको उपाधि

पोखरा, पुस १२ : पोखरा प्रिमियर लिगको क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ। 

शनिबार पोखरा रंगशालामा भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन राइनोजले उपाधि उचालेको हो। उपाधिसँगै चितवनले २७ लाख रुपैयाँ हात पार्दा उपविजेता बनेको विराटनगरले १० लाखमै चित्त बुझायो।

चितवन राइनोजले दिएको २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभर ७ विकेट गुमाएर १७० रनमात्र जोड्न सक्यो। 

विराटनगरका लागि मोहम्मद दैज आलमले सर्वाधिक ५७ रनको योगदान दिए। यस्तै, कप्तान प्रदीप ऐरीले ३६, पुनिट मेहराले ३२ र नोमन खानले १८ रनको योगदान दिएका थिए।

चितवनका लागि करण केसीले तीन, सन्नी पटेलले दुई तथा रोहन मुस्ताफाले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २०२ रनको योगफल तयार पारेको थियो।

उसका लागि रोहन मुस्ताफा र अनिल साहले समान ५०–५० रनको योगदान दिएका थिए। यस्तै, कप्तान पारस खड्काले २५, आरिफ शेखले १९ रन जोड्दा करण केसी २६ तथा सन्नी पटेल १६ रनमा अविजित रहे।

विराटनगरका लागि पुनित मेहरा र मोहम्मद दैज आलमले समान २–२ तथा किशोर महतोले एक विकेट लिएका थिए। 
 

प्रकाशित मिति: १५:४० बजे, शनिबार, पुस १२, २०७६