Kathmandu Press

प्रदेश नं १ का सांसदले भोलि शपथ लिने

प्रदेश नं १ का सांसदले भोलि शपथ लिने

विराटनगर, पुस १० : प्रदेश नं १ का प्रदेशसभा सदस्यले भोलि दिउँसो १ः३० बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
    
शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई मध्याह्न १२ः३० प्रदेश सभाध्यक्षका रुपमा शपथ गराउनेछन। त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराउने कार्यकम तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
    
प्रदेशसभामा पाँच जना सांसदले मातृ भाषमा लिने जनाइएको छ । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्माला लिम्बूले मातृ भाषा (यक्थुम/लिम्बू)मा शपथ लिने सचिव पराजुलीले जानकारी दिए।

सांसदले सकेसम्म राष्ट्रिय पोसाक नभए सांस्कृतिक झल्किने पोसाकमा आउन सूचना जारी भएको र प्रदेशसभामा प्रत्येक सांसदलाई एक थान लोगो, एक थान ब्याग र केही पुस्तक उपलब्ध गराउने तयारी भएको बताइएको छ ।
    
प्रदेशमा सबैभन्दा ज्येष्ठ सांसद गनगाईंको जन्म २००० साल छ महिना २० गते भएको छ भने सबैभन्दा कान्छो सांसद बन्दना झाँगरको जन्म २०४३ साल तीन महिना १५ गते भएको हो । नवनिर्वाचित सांसदका निम्ति प्रदेशसभा हल एवं सचिवालय रङरोगन गरिएको छ ।

प्रकाशित मिति: १९:११ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्