Kathmandu Press

एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी

उनी कास्की १ (क) बाट निर्वाचित भएका हुन्।
एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी

पोखरा, पुस १० : नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन्।

संसदीय दलको आज (आइतबार) बसेको बैठकले उनलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो।

उनी कास्की १ (क) बाट निर्वाचित भएका हुन्। यसअघि प्रतिनिधिसभा सांसद रही केन्द्रीय सरकारको मन्त्रीसमेत भइसकेका उनी मुख्यमन्त्री बन्ने हिसाबले प्रदेशसभा सदस्यमा उठेका हुन्।

उनी पार्टी संगठन विभाग प्रमुख पनि हुन्। अब बन्ने गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीमा एमालेका तर्फबाट उनलाई नै अघि सार्ने सम्भावना छ।

प्रकाशित मिति: १८:२० बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्