प्रचण्डलाई प्रधानमन्त्री बनाउन तीन स्वतन्त्र सांसदकाे पनि समर्थन
समर्थन जनाउने ती तीन स्वतन्त्र सांसदमा प्रभु साह, किरणकुमार साह र डा. अमरेश सिंहको समर्थन रहेको छ।
काठमाडौं, पुस १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन सात राजनीतिक दलबाहेक तीन स्वतन्त्र सांसदले समर्थन जनाएका छन्।
समर्थन जनाउने ती तीन स्वतन्त्र सांसदमा प्रभु साह, किरणकुमार साह र डा. अमरेश सिंहको समर्थन रहेको छ।
एमालेले जसपासँग सहकार्य गर्ने भएपछि रुष्ट बनेका प्रभु साहले स्वतन्त्रबाट उम्मेदवारी दिएर जित निकालेका थिए। उनी एमालेमा स्थायी कमिटी सदस्य थिए।
किरणकुमार साह रौतहट २ मा स्वतन्त्र उम्मेदवारी दिएका किरणकुमार साह विजयी भएका छन्। कांग्रेसले टिकट नदिएपछि सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दिएर डा. अमरेश कुमार सिंह निर्वाचित भएका हुन्।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका १२ सांसदहरुले समर्थन जनाएका छन्।













