नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चयन
पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले श्रेष्ठ चौधरीलाई दलको नेतामा चयन गरेको जानकारी दिएको हो।
काठमाडाैं, पुस १० : नागरिक उन्मुक्ति पार्टीले दलको नेतामा अध्यक्ष रञ्ज्तिा श्रेष्ठ चौधरीलाई चयन गरेको छ।
पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले श्रेष्ठ चौधरीलाई दलको नेतामा चयन गरेको जानकारी दिएको हो।
त्यस्तै दलको प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुण कुमार चौधरीलाई चयन गरेको छ।
सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरी, प्रमुख सचेतकमा लक्ष्मण किशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गर्ने निर्णय गरेको छ।
त्यस्तै, लुम्बिनी प्रदेशसभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई छनोट गरेको छ भने मधेस प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरेको छ।
पत्रकार सम्मेलनमा दलका नेता रञ्जिता श्रेष्ठ चौधरीले आफू आफ्नो क्षेत्रका जनताका दरिलो आवाज बनेर उभिने बताउनुभयो। आफ्नो दलले अघि सारेका माग र मुद्दा सम्बोधन गराउन निरन्तर लागिरहने उहाको भनाइ छ।
उक्त दलले आगामी २०८० साल बैशाख ४ गतेदेखि ६ गतेसम्म कैलालीको टिकापुरमा महाधिवेशन गर्ने निर्णय गरेको छ।



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)