Kathmandu Press

सरकार गठनका लागि प्रचण्डद्वारा राष्ट्रपतिसमक्ष दाबी पेस

नेकपा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर प्रचण्ड शीतल निवास पुगेका हुन् । 
सरकार गठनका लागि प्रचण्डद्वारा राष्ट्रपतिसमक्ष दाबी पेस

काठमाडौं, पुस १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकार गठनका लागि दाबी पेस गरेका छन्। 

आइतबार साँझ उनले सात राजनीतिक दलहरूको समर्थनसहित शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् ।

यसअघि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय सीमा दिएकी थिइन् ।

जसअनुसार नेकपा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर प्रचण्ड शीतल निवास पुगेका हुन् । 

 

प्रकाशित मिति: १७:४४ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्