कवि भूपि शेरचनका ११ कविता श्रव्य माध्यममा
साहित्यिक पत्रकार सङ्घले म्युजिक नेपालसँगको सहकार्यमा शेरचनका ११ कविता १२ जना कवि एवं कवयित्रीले वाचन गरी आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।
काठमाडाैं, पुस १० : कवि भूपि शेरचनको ८८औँ जन्मजयन्तीका अवसरमा उनले लेख्नुभएका ११ कविताको श्रव्य संस्करण सार्वजनिक गरिएको छ।
साहित्यिक पत्रकार सङ्घले म्युजिक नेपालसँगको सहकार्यमा शेरचनका ११ कविता १२ जना कवि एवं कवयित्रीले वाचन गरी आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। श्रव्य सामग्री विमोचन गर्नुहुँदै कवि एवं पूर्वमन्त्री एसपी कोइरालाले भूपि उनका सिर्जनाका कारण असङ्ख्य नेपालीको मन मस्तिष्कमा रहन सफल भकाे बताए।
भूपिका लोकप्रिय कविता श्रव्य माध्यमबाट श्राेतामाझ लगेपछि सुन्न चाहनेका लागि सहज हुने उनले सुनाए। भूपिका सशक्त, जीवन्त एवं जनजिब्रोमा रहेका कविता सुनेर पाठकले लाभ लिन सक्ने कोइरालाको भनाइ थियो।
कार्यक्रममा भूपिकी धर्मपत्नी कान्ति शेरचन, कवि एवं नाटककार अशेष मल्ल, सङ्घका अध्यक्ष राधेश्याम लेकाली, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, साहित्यकार प्रमोद प्रधान, साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष विश्वविमोहन श्रेष्ठ र नरेन्दबहादुर श्रेष्ठलगायतले उनले नेपाली कविताको गद्य विधामा पु¥याउनुभएको योगदानका बारेमा चर्चा गरेका थिए।












